पहिलो संविधान दिवशको अवशरमा त्रिदिवशीय कार्यक्रम

सन्देश सुब्बा-असोज २ पाँचथर,पहिलो संविधान दिवशको अवशरमा त्रिदिवसीय कार्यक्रम हिजो सोमबार देखि सुरु भएको छ ।

कार्यक्रमको पहिलो दिन हिजो ‘नेपालको संविधान २०७२ र यसका विशेषताहरु’ विषयक अन्तर मावि स्तरीय बकृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । जिल्ला शिक्षा कार्यालय पाँचथरको संयोजनमा सम्पन्न प्रतियोगितामा फिदिम नगर क्षेत्रका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

संविधान दिवशको अवशरमा मंगलबार बिहान प्रभातफेरि पछि विभिन्न जातजातिको झाँकि सहितको ¥याली पछि जिविसको सहिद मञ्चमा पुगेको थियो । आज असोज ४ गते  गते पाँचथर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण, रक्तदान र फिदिम–२, को बृद्धाश्रमका बृद्धबृद्धाको स्वास्थ्य परिक्षण गरिएको  दिवश मूल समारोह समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *