पाख्रिबास नगरपालिकामा जुवाडेहरु पक्राउ

धनकुटा १९ असोज– धनकुटा जिल्लाको पाख्रिबास नगरपालिकामा जुवाडेहरु पक्राउ परेका छन् । पाख्रिबास नगरपालिकास्थित दिलबहादुर गुरुङको घरमा जुवाको खालबाट रु तीन लाख ५० हजार नगद सहित १२ जना पक्राउ परेका हुन् ।

जुवा खेलिरहेको स्थानबाट १६ थान कौडा, तीन बुक तास पनि बरामद गरिएको छ । मितेरी बैंक रहेको सो घरको तीन तलामाथि सुरक्षित स्थान भन्दै दैनिकजसो जुवा खेल्ने गरेको स्थानीयवासीको गुनासो बढिरहेको बेला प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडे पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *