पारसले मगाएको पेस्तोल नेपालगञ्जबाट पक्राउ

माघ २४ काठमाडौं,काठमाडौं बस्ने पारस तामाङले मगाएको पेस्तोल लिएर आउँदै गर्दा १९ बर्षिय सदाव पठान नेपालगञ्जबाट पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले आईतरबार पठानलाई नेपालगञ्ज उप–महानगरपालिका स्थित जमुनाहबाट नियन्त्रणमा लिएको हो । प्रहरीले पठानको साथबाट दुई पुरिया ब्राउन सुगर समेत बरामद गरेको छ ।

५४ एमएमको अमेरिकन पेस्तोल र तीन राउण्ड गोली बोकेका पठान काठमाडौं आउँदै थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार पठानले उक्त पेस्तोल काठमाडौंका पारस तामाङले मगाएको बयान दिएका छन् । प्रहरीले उनको साथबाट एक थान म्यागेजिन समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *