पार्टी विलय हैन समाजवादीक्रान्तिको मोडलहो : सुदर्शन बराल

काठमाडौं १२ कातिक- नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदर्शन बरालले बाम एकता देश विकासको सुत्र भएको बताएका छन् । उनले यो कुनै पार्टीमा विलय नभई समाजवादी क्रान्तिको मोडल भएको बताए । ‘यो न कुनै माओवादीको एमालेमा विलय हो न एमालेको माओवादीमा, यो त समाजवादी क्रान्तिको मोडलहो’ काठमाडौंमा आयोजीत कार्यक्रममा उनले भने ।

बरालले बाम एकता विकासको सुत्र भएको बताए । ‘हामी गुल्मी जिल्लाका आम नेता कार्यकर्ताको विचमा त्यसरी जाने छौँ भन्ने विश्वास दिलाउन चाहन्छौँ’ उनले भने ‘जसरी तसरी जीतको कुरा होईन कि अत्यधिकमतले जीत्नुपर्छ भनेर प्रतिवद्धता जाहेर गर्नुपर्छ ।’ जिल्लाका ४ प्रदेश र २ संघिय निर्वाचन क्षेत्रमध्ये मध्ये २ प्रदेश क्षेत्र माओवादी र बाँकी ४ एमालेलाई परेकोेले सबैलाई विजयी बनाउन काठमाडौमा बस्नेहरुलाई सन्देश प्रवाह गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *