पार्वती राईको “पूर्वेली ठिटो”

ईन्द्र जिजीबिषा/ काठमाडौ, १ भदौ-गायिका पार्वती राईको “पूर्वेली ठिटो” बोलको गीत सार्वजानिक भएको छ । “खोटाङ्ग हलेसी” जस्ता अत्याधिक चर्चामा रहेको गीत गाएर तहल्का मच्याएकि गायिका पार्वती राईको यो गीत हालै युट्युब मार्फत सार्वजानिक भएको हो । “पूर्वेली ठिटो” बोलको गीतलाई दिलिप सुनुवारले शब्द रचना र संगीत गरेका छन् ।

यो गीतको म्युजिक म्भिडियो पनि सार्वजानिक भएको छ । पुर्वको रमणीय स्थलहरुमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोलाई हरि नारायण चौधरीले छायांकन गरेका हुन् । उमेश गुरुङले सम्पादन र शेरजंग आले ” सिर्जन”ले सह-सम्पादन गरेका यो गीतको म्युजिक भिडियोलाई निर्देशन पनि उमेश गुरुङले नै गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा उमेश गुरुङ र चन्दा दाहालले अभिनय गरेका छन् । अडियो भिडियो र पोस्ट प्रोडक्सनको काम भने क्वालिटी फ्लिम प्रा.ली ले गरेको छ ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *