पुर्ब राजा ज्ञानेन्द्रको बक्तब्य आएपछि,गृहमन्त्रीले भने, अब दरबार हत्याकाण्डको छानबीन हुनु पर्छ

पौष ७ काठमाडौ, बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले ०५८ जेठ १९ गते राति भएको दरबार हत्याकाण्डको छानविन गरिनुपर्ने कुरा उठाएका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र जनआन्दोलनको उपलब्धीप्रति प्रश्न उठाउँदै राजनीतिक वक्तव्य दिएलगत्तै मन्त्रिपरिषदमा दरबार हत्याकाण्डको पुनः छानबिनको प्रस्ताव आएको हो ।

नारायणहिटी दरबार गोलीकाण्ड हुँदा तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । सो घटना छानबिन गर्न भन्दै तत्कालीन सरकारले पूर्वसभामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले दरबार हत्याकाण्डमा पूर्वयुवराज दीपेन्द्रको हात रहेको निष्कर्ष निकालेको थियो, जुन आम जनताले पत्याएका छैनन् । अकल्पनीय यस घटनाको १५ वर्षपछि पुनः छानविनको कुरा उठेको हो ।

तर, कांग्रेसकै मन्त्रीहरु रमेश लेखक र नविन्द्रराज जोशीले मन्त्री निधीको कुरा जायज भए पनि अहिले संविधान कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पनि पूर्वराजाको वक्तव्य आउनु, राजनीतिक दलहरुले संघीयता विरोधी अभिव्यक्ति दिँदै हिँड्नु र संविधान संशोधनको विरोधमा आन्दोलन हुनुलाई सामान्यरुपमा लिन नहुने विश्लेषण मन्त्रीहरुलाई सुनाएको समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *