पुर्वेली भाकामा गायक राज, “भिडियो सहित”

सञ्जय राई / शान्तिराज राई-कार्तिक ३ काठमाडौ, नेपाली संगीत दुनियामा “कालीकी गोरी” आधुनिक गीति एल्बम लिएर डेब्यू गरेका राज राई “वाम्बुले” दोश्रो कोशेलीको रुपमा पुर्बेली लोक दोहोरी गीति एल्बम “फेसबुक” लिएर आएका छन । गायक राज आधा दशक देखी सांगीतिक क्षेत्रमा संघर्षरत छन ।
सानै उमेरदेखी नै नेपाली संगीतलाई आफ्नो कर्म क्षेत्र बनाउदै आएका गायक राजले अस्ताउदै गरेको पुर्बेली लोक भाकालाई जगेर्ना गर्ने जमर्को गरेका छन । भोजपुरकी सुनिता राई सँगको युगल गीति एल्बम फेसबुक म्युजिक भिडिओ सहित बजारमा सार्वजनिक गरेका छन । यो एल्बम पुर्बेली लोक भाका हो । सो एल्वममा गायक राजको पहिलो लोक भाका हो भने गायिका सुनिताको डेब्यु एल्बम हो भने सिजन राई, सिता राई, दक्षा राई, सजु राई र गोपाल राईको अभिनय रहेको छ ।
गायक राज भन्छन अस्ताउदै गरेको पुर्बेली भाकालाई जगेर्ना गर्नु जती सक्दो भर्पुर योगदान दिनेछु । आफु संगीतको विद्यार्थी भएको नाताले पनि यो चिन्ताको बिषय हो । यसै क्रममा उनले थपे तिहार लगत्तै फेरी अर्को पुर्बेली लोक गिती एल्बम लिएर बजारमा आउनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *