पूनर्निमाण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?

काठमाडौं ६ कार्तिक – लिलामणी पौडेल मूख्यसचिवबाट अवकास हुने बेला अर्थ सचिव यूवराज भुसालको नाम मूख्य सचिवका लागि चर्चामा थियो । तर उनले सचिवबाटै अवकास लिनुप¥यो ।

केही समयपछि सरकारले नेपाल राष्ट्रबैंको गभर्नर नियुक्त गर्नेबेला भुसालको पनि नाम सिफारीस भयो तर अन्त्यमा भुसालको नाम सिफारीसमै सिमीत भयो । गतवर्ष विभीन्न मूलुकका राजदुत नियुक्त गर्ने बेला यूवराज भुसालको नाम पनि चर्चामा आयो तर त्यसमा पनि उनको चर्चा यथार्थतामा परीणत हुन सकेन । भुसाल निराश नै हुनुप¥यो ।
लोकमानसिंह कार्कीको बहिर्गमनपछि रीक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पनि यूवराज भुसालको चर्चा भयो । तर त्यहाँ पनि नियुक्त हुने बेला अर्कै अवस्था आयो ।

शाखा अधिकृतबाट निजामति सेवा प्रवेश गरेर कहिल्यै विबादमा नआई नेपाल सरकारको अर्थ सचिवबाट सेवा निवृत्त भएका भुसालले अन्नतः पुनर्निर्माण प्राधिकरणको दौड भने जितेका छन् ।

को हुन सिईओ भुसाल ?
अर्थसचिवबाट सेवा निबृत्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक भएका भुसाल प्राज्ञिक व्यक्तित्व मानिन्छन् । गुल्मीको साविक बाँझकटेरी गाविस ६ (हाल मदाने गाउपालिका २) मा २०१४ सालमा जन्मेका भुसालले स्थानीय सत्यवती प्राथमिक पाठशालामाबाट प्राथमिक शिक्षा लिएका थिए । उनले हिमालय मावि बस्तु, धुर्कोट माध्यमिक शिक्षा उत्तिर्ण गरेका थिए ।

पृथ्वीनारायण क्याम्पस, पोखराबाट प्रथम श्रेणीमा स्नातक, त्रिविबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका भुसालले अध्ययनलाई अगाडी बढाउने क्रममा जर्मनीको डोर्टमुण्ड विश्वविद्यालयबाट विकास योजना र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी र थाइल्याण्डमा विकास अर्थशास्त्रमा स्वर्णपदक प्राप्त व्यक्ति हुन ।

विक्रम संवत २०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भुसाल २०४३ सालमा सहायक सचिव हुँदै, २०५० सालसम्म विभीन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरेका थिए । २०५४ सालमा सह सचिव भएपछि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा करीव १ वर्ष, अर्थमन्त्रालको बजेट महाशाखामा ४ वर्ष, परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाली महावाणिज्य दुतावास कोलकातामा ३ वर्ष महावाणिज्य दुत भई काम गरेका थिए । २०६५ सालमा सचिव बनेका उनले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनः संरचना आयोग, वन, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव छ । भुसाल विशेष गरी वातावरण, प्राकृतिक श्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रिकरण, लैंगिक मामला, विकास योजना र गरीवि निवारणको क्षेत्रमा विशेष दखल भएका व्यक्ति हुन् । उनी सदस्य सचिव हुँदा प्रशासन पुनर्संरचना आयोगले तयार पारेको सुझाव मुलुक संघीयतमा गएपछि बढी सान्दर्भिक देखिएको छ । अर्थशास्त्रमा पनि राम्रो दखल भएका भुसालले अफगान सरकारले आह्वान गरेको विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर एक वर्ष अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भई काम गरेका थिए । स्टाफ कलेजमा २ वर्ष अध्यापन गरेका भुसालको अभुभवलाई सकरारले राष्ट्रिय योजना आयोग तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका महत्वपूर्ण परीयोजनामा विज्ञको ?पमा प्रयोग गरीरहेको छ ।

सम्धि नाताले फाईदा कि बेफाईदा
काँग्रेस बरीष्ठ नेता रामचन्द्र पौडेलका छोरासंग आफ्नी छोरीको बिबाह हुँदा भुसाल नेपाल सरकाको सह–सचिव थिए । अध्ययनमा तिक्ष्ण भएका भुसाल प्रतिस्पर्धाबाटै राज्यको माथिल्लो निकायमा पुगेपनि छोरीको बिबाहपछि भने रामचन्द्रसंग नाम जोडिन थाल्यो ।

सरकारी सेवाबाट अवकासपछि पनि आफ्नो क्षमतालाई राज्यका विभीन्न निकायमा रहेर सेवा गर्न चाहने भुसाललाई तरसम्धि साईनोपछि कुनै राजनीतिक लाभ भने भएको छैन ।

आफ्नो क्षमतालाई निस्कृय हुन नदिन पूर्वाञ्चल विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालयको आंशिक फयाकल्टी मेम्वरको रुपमा उनले काम गरीरहे ।

विश्वव्यापी प्रतियोगीतामा समेत भाग लिएर क्षमता देखाएका उनलाई राज्यका विभिन्न पदमा नियुक्तीका क्रममा समेत रामचन्द्र पौडेलसंग जोडेर मात्र मिडियामा लेख्ने काम गरेकोमा उनी सँधै चिन्तित देखिने उनका निकटस्थहरु बताउँछन् । ‘पारीवारीक नाता सम्बन्ध एक ठाउँमा रहन्छ तर सोही नाता जोडेर सँधै नियुक्तिमा पछाडी पार्ने काम बाहिर र भित्रबाट भएको छ’ श्रोत भन्छ – ‘संगै अवकास भएका सचिवहरु सबै राज्यका विभिन्न निकायमा हुँदा पनि उहाँ सधै पछाडी पारीनुभयो ।’

पुनर्निमार्णको गतिलाई बढाउँछु : भुसाल
प्रमुख कार्यकारी अधिकृत नियुक्त भईसकेपछि भुसालले पुनर्निर्माण प्राधिकरणमा भैरहेका कामलाई दु्रत गतिमा अगाडी बढाउने बताए । भुकम्पपिडीतका घर र ऐतिहासिक सम्पदाको पुनर्निमार्णलाई एकसाथ अगाडी बढाउने योजना रहेको उनले सुनाए । ‘राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु’ उनले भने ‘भुकम्पपिडीतको घर निर्माण सम्पन्न गरी उनीहरुको मुहारमा खुसी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ ।’

निजामति सेवामा रहँँदा सफल मानिएका अध्ययनशिल र धार्मिक स्वभावका भुसालको नेतृत्वपछि पुनर्निर्माण प्राधिकरण कतिको सफल हुने हो त्यो भने हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *