पूर्वनेपाली सेनासहित ७ जना लुटेराहरु पक्राउ

फागुन १२ काठमाडौ,नक्कली प्रहरी बनी लुटपाट गर्ने पूर्वनेपाली सेनासहित ६ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको उनीहरुलाई बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा गोरखाका नारायण बानियाँ, सुदीप थापा मगर, अशोक बाँनिया, शिवबहादुर बानियाँ र रुकुमका विश्वास घर्ती मगर, धनकुमार परियारलाई बुधबार प्रहरीले पक्रेको थियो ।

उनीहरुले न्युरोडस्थित ग्लोबल आई.एम.ई. बैंकबाट ४ लाख २७ हजार रकम निकालेका प्रेमनारायण खराल र विधान खराललाई फागुन १० गते अख्तियारबाट आएका प्रहरी हौ भनी नियन्त्रणामा लिएर बसुन्धारा पुर्‍याइ लुटेको प्रहरीले जनाएको छ । खरालद्वयको साथबाट नगदका साथै तीनथान चेक तथा केही मोबाइल सेट समेत लुटेका थिए ।

यस्तै, फाइनान्स सञ्चालकलाई धम्क्याएर एक करोड रकम माग गर्ने धादिङ जिवनपुरका ३२ वर्षीय विदुर पौडेललाई पनि बुधबार नै अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाली उनले मुकुल फाईनान्स लिमिटेडका सञ्चालकलाई फोन तथा एसएफएस गरी एक करोड रकम माग गरेको र रकम नदिए अपहरण गरी ज्यान मार्ने समेतको धम्की दिने गरेको प्रहरीले बताएको छ । पक्राउ परेका सबैलाई कानुनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *