पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, चलचित्र “रातो सूर्य” मा अभिनय गर्ने

मंसिर २९ काठमाडौं, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘रातो सूर्य’ नामक चलचित्र बन्ने भएको छ ।उक्त चलचित्रमा ओली आफैंले नायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने उक्त चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने छ । निर्देशक दहालका अनुसार ओलीको १६ देखि ४५ वर्षको उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गर्ने भएका छन् । ४५ वर्षदेखि ६५ वर्षसम्मको भुमिकामा भने ओली आफैं देखिने भएका छन् । त्यसवाफत् ओलीलाई पारिश्रमिक समेत दिइने निर्देशक दाहालले बताएका छन् ।

निर्देशक दाहालको भनाई अनुसार ओलीले १० दिन सुटिङ गर्नुपर्ने छ । उनको सबै सुटिङ काठमाडौंमै हुने छ । ‘१० दिन सुटिङको लागि ओलीसँग समय मागेको जानकारी दिँदै दाहालले ओलीले सकारात्मक प्रतिक्रिया दिएको बताए ।
ओलीलाई पारिश्रमिक दिएर अभिनय गराउने योजना छ दाहालको । तर, कति पारिश्रमिक दिने हो उल्लेख गर्न चाहेनन् उनले । ‘कति पैसा भन्ने कुरो नखोलौं तर, हामी कुनै कलाकारलाई पनि विना पारिश्रमिक काम गराउदैनौं, ओलीका लागि पनि हामीले पारिश्रमिक छुट्याएका छौं ।’

उक्त रातो सूर्य चलचित्र,आठराईबाट चलचित्रको सुटिङ सुरु हुने छ भने त्यसपछि झापा, रौतहट र मकवानपुरको थाहा नगरपालिकामा सुटिङ हुने छ । रुपचन्द्र विष्टसँग ओलीको संगत भएकाले थाह नगरपालिकामा अलि बढी सुटिङ हुने दाहालले बताए । जेल बस्दाको अवधिको दृष्य भने सेट लगाएर गर्ने योजना छ । ‘जेल काठमाडौंमा बनाउने कि झापामा हामी छलफलमा छौं,’ दाहालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *