पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले पञ्जाव युनिभर्सिटीमा पढाउने

monmohan shinghअसोज ८ दिल्ली, भारतका पूर्वप्रधानमन्त्री  डा. मनमोहन सिंहले पञ्जाव युनिभर्सिटीमा पढाउने भएका छन् ।

उनले यो काम सुरु गरेसँगै उच्च शिक्षण संस्थामा पढाउने उनी पहिलो भारतका पूर्वप्रधानमन्त्री हुनेछन् । उनले पञ्जाव युनिभर्सिटी चण्डीगढमा जवाहरलाल नेहरु चेयरको अध्यक्षता गर्नेछन् ।

भारतको मानव संशासन विकास मन्त्रालयका अधिकारीहरुका अनुसार सिंहलाई उक्त विश्वविद्यालयमा शिक्षकको रुपमा सेवा दिन सक्नुहुन्छ भनेर सोधिएको थियो । यसबारे २२ सेप्टेम्बरमा मन्त्रालयमा बैठक बसेको थियो ।

मन्त्रालयले यसबारे युजीसीसँग नियम कानुनहरुबारे जानकारी मागेको थियो । मन्त्रालयका अनुसार शिक्षासँग जोडिनु कुनै लाभको पद धारण गर्नु होइन ।

डा. सिंहले पञ्जाब युनिभर्सिटीबाट नै १९५४ मा स्नातकोत्तर गरेका थिए । यसपछि उनले १९५७ देखि १९६३ सम्म अर्थशास्त्रको प्रोफेशरको रुपमा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *