पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस मनाइने

काठमाडौँ, २२ पुस- नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न सङ्घसंस्थाहरूको सहभागितामा २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । यसका लागि प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षता २०७४ पुस १९ गते बसेको सर्वपक्षीय बैठकले विविध कार्यक्रमका साथ सप्ताहव्यापी समारोह मनाउने प्रतिष्ठानले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार पौष २३ गते पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराउने, २४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गर्ने र २७ गते बिहान १०.०० बजे प्रभातफेरी गरी सोही दिन नागरिक सभा समेत सम्पन्न गरिने छ ।

उक्त समारोह सम्पन्न गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिको अध्यक्षतामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समिति, नेपाल इतिहास सङ्घ, गोरखा सेवा समाज, लाइन्स क्लब अन्तर्राष्ट्रिय बहु जिल्ला ३२५ नेपाल, पच्चिस प्लस नागरिक समूह, उज्यालो नेपाल, नेपाल निर्माण व्यवसायी महासङ्घ आदिको प्रतिनिधित्व रहेको एक मूल समारोह समिति समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *