पेट्रोल बम प्रहार पछि पनि आरआरमा चुनाव निरन्तर

काठमाडौ १५ चैत्र, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको क्रममा केहि बेर अगाडि पेट्रोल बम प्रहार भएपनि मतदान रोकिएको छैन ।

सर्वोच्च अदातलको आदेशपछि निर्वाचनको मतदान प्रक्रिया सुरु भएको केही बेरमै पेट्रोल बम प्रहार भएको थियो। प्रदर्शनकारी विद्यार्थीहरुलाई प्रहरीले लखेटेपछि अवस्था सामान्य बनेको हो ।

चुनाव रोक्न माग गर्दै विभिन्न विद्यार्थी संगठन सम्मिलित संयुक्त विद्यार्थी संगठनले बिहानैदेखि क्याम्पसबाहिर प्रदर्शन जारी राखेका थिए । मतदान भइरहेकाले सुरक्षा व्यवस्था भने निकै कडा बनाइएको छ। प्रदर्शनीमार्ग भएर चल्ने गाडीमा रोक लगाइएको छ। फागुन १८ गते नै हुनु पर्ने चुनाव कांग्रेस निकट नेपाल विद्यार्थी संघले मनोनयन नगरेका कारण चुनाव रोकिएको थियो।

आरआरको स्ववियु सभापतिका लागि अनेरास्ववियुका तपेन्द्रबहादुर शाही, नेविसंघका उत्तम साउद, अखिल क्रान्तिकारीका ध्रुवराज वाग्ले र नयाँ शक्ति पार्टीसहितको संयुक्त प्यानलबाट अरविन्द भट्टराई बीच प्रतिस्पर्धा भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *