प्रकाश दाहालको हृदयघातका कारण मृत्यु

काठमाडौ ३ मंसिर- प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयघात भएपछी नर्भिक अस्पतालमा भर्ना गरिएपछि उनको निधन भएको हो । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *