प्रकाश धितालको निर्देशनमा “यो जुनीमा बाचुन्जेल सम्म” सार्वजनिक

काठमाडौ ११ साउन -“यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ !! एकमुठी सास रहुन्जेल सम्म तिम्रै साथ चाहिन्छ !! बोलको गीत नेपाली सांगीतिक ईतिहासमा पहिलो पटक “शब्द एक, संगीत अनेक”मा रहेर कलाकार निर प्रसाद गुरुङले आफ्नो पहिलो प्रस्तुति स्वरुप एकल शब्द तथा संगीतमा रहेको पृथक गीति संग्रह “जुनि” मार्फत सार्वजनिक गरेका छन् ।

“शब्द एक, संगीत अनेक” अन्तर्गत सार्बजनिक भएको यो पहिलो गीतमा प्रमोद खरेलको आवाज रहेको छ भने बि बि अनुरागीको संगीत संयोजन, शुकुराम बिश्वकर्माको मिक्सिंग मास्टरिङ्ग रहेको छ ।

“शब्द एक, संगीत अनेक”मा रहेका ४ गीत मध्ये पहिलो यो गीतमा निरले एउटा पारिवारिक वातावरण लाई समेटेर बनाएको अनि आफ्नै निजी वास्तविक जिवनमा आधरित मीठो भावपन शब्दको गीत, संगीत लाई उनले अलक अलक धारमा संगीत भरेका हुन् ।

यस्तै यो गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियो लाई उत्सब दाहालले छायांकन, निशान घिमिरेले सम्पादन अनि प्रकाश धितालले निर्देशन गरेका छन् ।

नेपालि सुगम संगीतमा आफुलाई अभिनयमा आब्बल बनाउदै आएका मोडल सनम कठायतको यो भिडियोमा ससक्त अभिनय रहेको छ भने उनलाई अन्जु चौलागाईले साथ् दिएकि छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *