प्रकाश पुष्पक राईका दुई गजल

बेकार रहेछ आफू संग 

बेकार रहेछ  आफूसंग  आफै डराउने मान्छेprakash pushpak rai
एउटा छ मेरो जिन्दगी बर्बाद गराउने मान्छे

नाजुक नै बनाई दियो सम्पुर्ण यो जीवनलाई
पक्कै कोही हुनुपर्छ यो काम अराउने मान्छे

दैनिक पीर र वेदनाले टोलाएर एकोहोरिन्छु
कोही छैन एकान्तमा मलाई कराउने मान्छे

मेरो जिन्दगी बिगार्ने धेरै जना आए अनि गए
तर कोही छैन”प्रकाश”लाई मन पराउने मान्छे

बेकार हुन्छ आफूसंग आफै डराउने मान्छे
एउटा छ मेरो जिन्दगी बर्बाद गराउने मान्छे

काफियै काफियाको गजल

गुलियो पानि नपिए ठिक  भन्छन्
चुलियो खानि नदिए ठिक भन्छन्

आपसी   दिलमा  ढकमक्कै  फूल
फूलियो नानि सकिए ठिक भन्छन्

फाट्याथ्यो मन त्यो खराब चालले
भुलियो बानि नसिए ठिक भन्छन्

उधारो माया खोजियो दुबैको मनमा
डुलियो सानी  नलिए ठिक  भन्छन्

एकान्त बस्ति त्यो राजाको देशमा
ठुलियो रानी नजिए ठिक भन्छन्

प्रकाश पुष्पक राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *