प्रचण्ड र उपेन्द्र यादव बीच एक घण्टा लामो छलफल

काठमाडौ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बिच पार्टी एकता र चुनावी तालमेलका विषयमा छलफल गरेका छन्।

प्रचण्डले माओवादी र एमालेबीच छलफल भएको पार्टी एकीकरणमा संलग्न हुन यादवलाई अनुरोध गरेका थिए। करिब एक घण्टा लामो गोप्य छलफलमा दाहालले सम्भव भएसम्म पार्टी एकता गर्ने अथवा आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने प्रस्ताव राखेका थिए।

यादवले दाहालसंग प्रस्ताव सकारात्मक भएको र पार्टीभित्र थप छलफल गर्नुपर्ने बताएका थिए। छलफलमा भएका अन्य विषयलाई गोप्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *