प्रतिभा परिवारको ड्रीम प्रोजेक्ट श्रीजना बैंक स्थापना : राज रोबर्ट अजनबी

२०३९ साल माघमा पिता स्वर्गीय रनहाङ थेबे लिम्बू र माता सलमती लिम्बूको कोखबाट कान्छा छोराको रुपमा जन्मिएका राज रोबट अजनबीको स्थाइ बसोबास ताप्लेजुङको मामाङ्खे हो । याम्फुदिनको श्री कृष्ण प्रा. वि.बाट प्रारम्भिक शिक्षा सुरु गरि याम्फुदिनकै कन्चनजङ्घा नि. मा. वि.र तेल्लोकको भैरुङ्गे उच्च मा.वि.बाट माध्यमिक शिक्षा पार गरेका रोबटले त्यो भन्दा अरु अध्यन नभएको बताउछन् ।

सानै देखि साहित्यमा रुचि रहेको बताउने रोबटले मलेसियामा रहदा साथीहरु सङ्ग मिलेर संस्थागत रुपमै धेरै साहित्य कोरेको स्मरण सुनाउछन् । सङ्गीतमा लाग्ने कुनै सोच नभएको तर अहिले अचानक सङ्गीत तिर लागेको बताउनु हुने रोबट अहिले साहित्य भन्दा सङ्गीत मै धेरै ब्यस्त छन् ।

सामाजिक सन्जाल फेसबुक मार्फत स्थापना भएको सांगीतिक समूह प्रतिभा परिवारको संयोजक समेत हुनुहुन्छ उहाँ । प्रतिभा परिवारले भर्खरै “प्रतिभा १” एल्बम विमोचन गरिसकेको छ। गीत सङ्गीत र साहित्यकै सेरोफेरोमा रहेर सूचना खबरका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित भाग ।

हाल केमा व्यस्त हुनुहुन्छ ?
प्रवासमा छु, नियमित ड्युटी गर्नै पर्यो, अनि बचेको थोरै समय गीत-संगीत र साहित्य श्रीजना मै बित्छ।

साहित्यमा लागेको मान्छे आज भोलि अचानक संगीत तिर व्यस्त देखिनु भा छ नि?
हो म जानी नजानी विगत १५ वर्ष देखि साहित्य लेख्दै आएको हुँ अहिले अचानक नै भनौ संगीत तिर मोडिएको छु, समय चक्रले नसोचेको कुराहरु पनि गर्नु पर्दो रहेछ ।

संगीतमा ५/६ महिना हुँदै होला तपाइको यात्रा तर १५ वर्षे साहित्यिक यात्रालाई ५ महिनाले नै माथ खुवाउदै छ नि?
मलाइ त्यस्तो लाग्दैन, साहित्य मैले चर्चा कमाउनलाई लेख्या होइन, त्यो एउटा परिवेस र माहौल थियो र लेखियो तर संगीतमा आउन धेरै ढिलो गरेको रैछु भन्ने चाहिँ अहिले महसुश गरिरहेको छु।

तपाइको सबै जसो संगीत एकै खालको सेन्टिमेन्ट बिट्समा मात्र हुन्छ रे नि ? अलि अलग धारको रोमान्टिक संगीत दिन सक्नु हुन्न र?
हेर्नुस सङ्गीत भनेको शब्द अनुसार गरिने हो, शब्द सेन्टिमेन्ट छ भने कसरी रोमान्टिक लय भर्न सकिन्छ ? प्राय हाम्रा गीतकारहरु राज्यको राजनैतिक, आर्थिक, सामाजिक, पारिवारिक र भौगोलिक समस्याबाट विरक्तिएका छन् , उहाँहरुले उतार्ने शब्द नै आत्मबेदना हो, त्यो रोमान्टिक कहिल्यै हुन्न, सात समुन्द्र पारीबाट परिवार, देश र मायालुलाई सम्झिदाको पीडा, आफ्नो राज्यव्यवस्थाको निरो प्रवृति देखि निरास सर्जकहरुको शब्दहरु मैले संगीत गर्नु पर्दा यो स्वभाबैले सेन्टिमेन्ट भएको हो।

भनेपछि गीतकारहरु सबै निराशावादी हुन् भन्नु खोज्नु भएको हो?
निराशावादी हुन् हैन , निरास बनाइएको चाहिँ हो, राज्यको बेथिती र हेपाहा प्रवृतिले यो हाल बनाएको हो सर्जकहरुलाई, विगतमा पनि कुन सर्वसाधरणले आफ्नो सरकारको गुण गाउदै गीत लेख्या छ त ? जति लेखे स्वयम् राजाले र राजदरबार वरिपरि घुम्नेहरुले मात्र लेखे यो राम्रो होइन, सर्वसाधरण सर्जकहरुले पनि आफ्नो राज्य र सरकारको गुणगान गाउदै गीत लेख्ने दिन नआए सम्म गीतकारहरुले यस्तै निराशा गीतहरु लेखी रहन्छन् झै लाग्छ।

तपाइको संगीतको बारेमा श्रोता र साथिभाइ बाट कस्तो प्रतिक्रिया पाउनु भएको छ?
मैले संगीत गरेका गीतहरु अस्ति भर्खरै विमोचन भएको “प्रतिभा १” एल्वममा बाहेक अरु सार्वजानिक भएका छैनन् , त्यो एल्वममा मेरो दुई संगीत छ त्यो बाहेक दुइ दर्जन जति गीतमा मैले संगीत गरेको छु र रेकर्ड पनि भै सकेका छन् , जो जस्ले मेरो संगीत अन एयर सुन्नु भो ती सबै जसोले मेरो संगीत मन पराइ दिनु भएको छ, हिजो म मेसेन्जरमा साथीहरुको रिप्लाइ कुर्थे तर अहिले मैले सबैलाइ रिप्लाइ दिन सकिरहेको छुइन, अहिले त एक दिनमै २७ वटा सम्म फेण्ड रिक़्युस्ट आएको रेकर्ड छ, मेरो शुभ चिन्तकहरुको यो मुभमेन्टले मलाइ धेरै उत्साहित बनाएको छ।

प्रतिभा परिवार को संयोजक हुनुहुदो रैछ यो परिवारले भर्खरै “प्रतिभा १” एल्वम विमोचन गर्यो प्रतिभा बारे केही बताइ दिनुस न?
आफू भित्र को प्रतिभा एक आपसमा सेयर गरौ भन्ने मनसायले मैले प्रतिभा ग्रुप क्रियट गरेको हो तर पछि सहभागी सदस्यहरुले ग्रुपलाई परिवार मात्र बनाएनन् एल्वम नै विमोचन गरियो, यो सबै हुनुमा परिवारका सदस्यहरुको ठूलो भुमिका छ, मेरो त नेत्रीत्व सम्म मात्र हो, अब प्रतिभा परिवारले श्रीजना बैंकको परिकल्पना गरेको छ यो सफल भयो भने श्रीजना मर्दैन,

आगामी योजना के छ?
त्यही त प्रतिभा परिवारको ड्रीम प्रोजेक्ट श्रीजना बैंक स्थापनाको लागि लागि पर्ने योजना हो पहिलो त, यसका लागि परिवार बाट सन्जय राई छुच्चा लाई प्रमुख तोकिसकेका छौ, अरु प्रतिभा भाग २ को तयारी गर्ने र प्रतिभा १ को अडियोलाई भिडियोमा बदल्ने, परिवारमा नव प्रतिभा भित्र्याउदै विश्वभरी छरिएका प्रतिभाहरुलाइ एकत्रीत गर्ने योजना त छदै छ त्यो बाहेक मेरो एकल संगीत रहेको एल्वम सार्वजानिक गर्ने काम भै रहेको छ जुन एल्बममा गीतकार /साहित्यकार युबराज साम्पाङ जेठा संग सहकार्य गरेको छु।

अन्त्यमा श्रोता/पाठक लाई के सन्देश दिन चाहानु हुन्छ?
जो संग प्रतिभा छ तर प्रस्फुटन गर्ने प्लेटफर्म पाइरहनु भएको छैन, अथवा पाएर पनि बोझिलो आर्थिक अफरले निरास हुनुहुन्छ भने आउनुस हाम्रो परिवार मा, हामी संगै हिडौ, हामी कम खर्चमा स्तरिय प्रतिभा प्रस्तुत गर्न सक्छौ र अर्को कुरा भर्खरै “प्रतिभा १” एल्बम सार्वजानिक भएको छ ।त्यो एल्वम भित्र रहेका गीतहरु सुनेर राम्रा-नराम्रा प्रतिक्रियाहरु दिनहुन अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *