प्रधानमन्त्रीलाई कार्यबाहक राजदुत कृष्ण प्रसाद ढकालले बिमान स्थलमा स्वागत गरे

असोज २९, नयाँदिल्ली, नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धि अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गर्नुभएको छ ।

शनिबार बिहान नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री नेपाली समय अनुसार ९.४५ बजे बिमानस्थलमा अवतरण गर्नुभएको हो ।

आजै प्रधानमन्त्री भारतीय बिमानबाट गोवा प्रस्थान गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *