प्रधानमन्त्री देउवालाई भारतीय राष्ट्रपति भवनमा गार्ड अफ अनर

काठमाडौं ८ भदौ- पाँच दिने भ्रमणका क्रममा बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बिहान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा देउवालाई राजकीय सम्मान गरिएको हो ।

सोही समारोहमा मोदीले प्रधानमन्त्री देउवालाई औपचारिक स्वागत गरे । प्रधानमन्त्री देउवाले राजकीय सम्मान ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिदैं नेपालको विकासमा भारतले सघाउँदै आएको चर्चा गरे । उनले आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *