प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटायो, चुनाव नसार्ने सर्तमा राजिनामा दिने माओवादीमत्रीहरुको भनाई

काठमाडौ ३१ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारीबाट हटाएपछि माओवादी मन्त्री कृष्णबहादुर महराले चुनाव नसार्ने शर्तमा मात्रै राजीनामा दिने बताएका छन् ।

सरकार छाडेर ठाउँ खाली गर्न प्रधानमन्त्री देउवाले माओवादीलाई संकेत गरे पनि नछाडेपछि मंगलबार मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै माओावादी मन्त्रीहरुलाई पूर्ववत जिम्मेवारीबाट हटाएका छन् ।

प्रधानमन्त्री देउवाले जिम्मेवारविहीन बनाएपछि रातोपाटीसँग कुरा गर्दै मन्त्री महराले निर्वाचन नसार्ने प्रतिवद्धता जनाएमा अझै पनि आफूहरु बाटो खुला गर्न तयार रहेको बताए । देउवा नेतृत्वको सरकारमा महरा उपप्रधानसहित परराष्ट्रमन्त्री थिए ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लागि चुनावी तालमेल गरी एमालेसँग पार्टी एकता प्रक्रिया अगाडि बढाएपछि देउवाले राप्रपालाई सरकारमा सहभागी गराएका थिए । मंगलबार विहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी प्रधानमन्त्री देउवाले सरकार छाड्न आग्रह गरेका थिए ।

प्रचण्ड पनि सरकार छाड्न तयार भइरहँदा निर्वाचन सार्ने प्रपण्च गरिएको भन्दै माओवादी मन्त्रीहरुले मंगलबार नै पत्रकार सम्मेलन गरी सरकार नछाडने र आफूहरु राजीनामा नदिने बताएका थिए भनेर रातो पाटिले लेखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *