प्रधानमन्त्री द्वारा धादिङ् जिल्ला प्रमुखलाई निर्देशन

पौष ८ धादिङ्, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्रत्यक्ष राहतको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न धादिङ् जिल्लाका कार्यालय प्रमूखहरुलाई हिजो एक कार्यक्रमको बिच निर्देशन दिनुभएको छ ।

पाँचौं धादिङ् महोत्सवको उद्घाटन गर्न धादिङबेसी पुग्नु भएका प्रधानमन्त्रीले जिल्लास्थित सरकारी कार्यालयका प्रमूखहरुलाई सामूहिक निर्देशन दिँदै भन्नुभयो, ‘जनताले परिणामको अपेक्षा गरेका छन् । सुशासनको प्रत्याभूति गराउनु सरकारको कर्तव्य हो । पूँजीगत खर्चको स्तर अहिले पनि न्यून छ । त्यसैले तपाईहरुले जिल्लाको पूँजीगत खर्च बढाउने, विकासका काम समयमै सम्पन्न गर्ने र जनतालाई सुशासन दिने गरी काम गर्नुहोस् ।’

निर्देशनका क्रममा प्रधानमन्त्रीले विकास खर्चको सामथ्र्य बढाउने गरी सोच्न, स्थानीय समस्याबारे आवश्यक सुझाव र जानकारीका लागि कार्यालय प्रमूखहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा प्रमूख जिल्ला अधिकारी उमेश ढकालले जिल्लाको समग्र अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *