प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्यबीच भेट

मंसिर २६ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच भेटबार्ता भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो । भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्री प्रचण्डलाई ६२  औं जन्मदिनको शुभकामना दिएका थिए।

सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिएकोमा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *