प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी चैत १० गते चीन भ्रमणमा जाने

फागुन ३० काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी चैत १० गते चीन भ्रमणमा जाने भएका छन् । नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुंगो लगाएका हुन् ।
यसअघि भारतको गोवामा सम्पन्न बि्रक्स राष्ट्रहरुको सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री प्रचण्ड चीन जानुभन्दा अगाडि नै चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने चर्चा चलेको थियो । तर, अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निश्चित भएको छैन ।

प्रतिपक्षी दलका नेताहरुले वर्तमान सरकारलाई भारतपरस्त भएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *