प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवा चितवनमा

काठमाडौ २७ वैशाख- वैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा छोरीको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रचण्ड चितवन पुगेका हुन् । चितवनको हाकिम चोकस्थित बसपार्कमा हुने संयुक्त चुनावी सभालाई प्रचण्ड र देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयरकी उम्मेदवार छन् ।

नेपाली कांग्रेससँग तालमेल गरेर माओवादीले मेयरको उम्मेदवार उठाएको हो । निर्वाचन प्रचारको अन्तिम दिन प्रचण्ड र देउवा चितवन पुगेका हुन् । देउवा र प्रचण्ड जहाजको एउटै सिटमा बसेका थिए । चुनावी प्रचारका लागि एमाले अध्यक्ष केपी अोली पनि चितवन पुगेको समाचार लोकान्तरले लेखेको छ ।

तस्वीरः प्रकाश दाहालको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *