प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास नजिक बम विष्फोट

काठमाडौ १५ मंसिर – काठमाडौको बुढानिलकण्ठस्थित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास नजिक शुक्रबार साँझ बम पड्किएको छ । करिब राति साढे आठ बजे देउवा निवास पछाडि बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति भने भएको छैन ।

विस्फोटको अहिले सम्म कसैले जिम्मा नलिएको कारण कसले गरायो भन्ने पत्तो लागेको छैन ।

शुक्रबार साँझ ललितपुरको कुपन्डोलको यूएन पार्क नजिक पनि बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *