प्रधान न्यायाधिश को हुने ? अझै अन्योल नै

काठमाडौं २४ जेठ- वरीयताको रोलक्रममा पहिलो नम्बरमा रहेका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको जन्ममितिको विषयमा न्यायपरिषद् र अदालतमा विवाद देखिएपछि भावी प्रधानन्यायाधीश को हुने विषयमा अन्योल देखिएको हो ।

संविधानको धारा २८४ मा सात सदस्यीय संवैधानिक परिषद्ले प्रधानन्यायाधीशले अवकाश पाउने एक महिनाअगावै प्रधानन्यायाधीशमा सिफारिस गरिसक्नुपर्ने थियो । तर पराजुलीको उमेर विवादसम्बन्धी अन्योल र प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावका कारण परिषद्को बैठनै बस्न सकेन ।

उमेर विवादमा परेकै कारण न्यायपरिषद्ले पराजुलीको वास्तविक जन्ममिति सहितको अभिलेख संवैधानिक परिषदमा पठाएको थिएन । तर मंगलबार घर फर्किनुअघि प्रधानन्यायाधीश कार्कीले परिषद् अध्यक्षका हैसियतले योग्यता पुगेका ६ न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीश शर्मा पौडेलेको नाम प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्समक्ष पठाएकी छन् ।

न्याय परिषद्को पुरानो अभिलेखअनुसार पराजुलीको जन्ममिति २००९ साउन २१ गते छ । तर नागरिकताको प्रतिलिपिमा भने उनको जन्म मिति २०१० वैशाख १६ रहेको पाइएको छ ।

न्यायाधीश पराजुलीको उमेरसम्बन्धी विवाद टुंग्याउँदै जति दिन प्रधानन्यायाधीश बने पनि सिफारिससम्बन्धी उनलाई बनाउने-नबनाउने सम्पूर्ण अधिकार संवैधानिक परिषदमा छ । परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, विपक्षी दलको नेता, सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र कानुनमन्त्री सदस्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *