प्रवीण खत्रीले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरे

ललितपुर २३ साउन- ललितपुर महानगरपालिका १३ बस्ने प्रवीण खत्रीले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । लागू औषध कारोबारी भएको आशंकामा प्रहरी उनको घर छापा मार्न गएको थियो । प्रहरी देखेर भागेका उनले आफ्नै कञ्चटमा गोली हानेको प्रहरीले जनाएको छ ।

घाइते खत्रीलाई उपचारको लागि पाटन अस्पताल लगिएको थियो । लगत्तै उनको मृत्यु भएको हो । कार्कीका अनुसार खत्रीको दुवै हातमा पेस्तोल भेटिएको छ । ‘खत्री पद्म कोलोनी पछाडीको झाडीमा फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *