प्राधिकरणका सिईओ सुशील ज्ञवालीको पक्षमा नेकपा एमाले

पौष २१ काठमाडौ, सरकारले हालै मात्र प्राधिकरणका सिईओ सुशील ज्ञवालीलाई स्पष्टीकरण सोधेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुखलाई नभई सरकारलाई स्पष्टीकरण सोध्नुपर्ने बताएको छ । कार्यकारी प्रमुखलाई हटाउनुपर्ने वा स्पष्टीकरण सोध्नुपर्ने कुनै कारण नरहेको एमालेको दाबी छ ।
स्पष्टीकरण कार्यकारी प्रमुखलाई होइन, सरकारलाई चाहिँ सोध्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले बजेट नदिने, सरकारले कर्मचारी नदिने, मन्त्रालयहरुले प्राधिकरणलाई असहयोग गर्ने अनी प्राधिकरणका सिईओ सुशील ज्ञवालीलाई स्पस्टीकरण सोध्ने भन्दै एमाले नेता भीम रावलले सिईओको बचाउ गरेका छन् । ज्ञवालीलाई एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको सिईओमा नियुक्त गरेको थियो ।

प्राधिकरणले ओली सरकारकै पालाको तयारी अनुरुप पहिलो किस्ता भूकम्प पीडित जनतालाई ५० हजार वितरण गरे पनि त्यसयता लगातार सरकारले प्राधिकरणलाई काम गर्न नदिएको जानकारी आफूले पाएको रावलले बताए ।

सरकारले भने सिईओ ज्ञवालीमाथि निर्देशक समितिले दिएको निर्देशनहरु कार्यान्वयन नगरेको, सरकारी निकायहरुबीच समन्वय गरेर काम गर्न नसकेको लगायतको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *