प्ले अफ्मा नेपाल आज पपुवा न्यूगिनीसँग खेल्दै

काठमाडौ १ चैत – विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्ले अफ्मा नेपालले आज पपुवा न्यूगिनीसँग खेल्दैछ । जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको सुपरसिक्समा पुग्न असफल चार टोलीले सातौंदेखि दशौं स्थानासम्मको टुंगो लगाउन प्लेअफ खेल्न लागेका हुन् । आजै हुने अर्को खेलमा नेदरल्याण्ड्स र हङकङ पनि भिड्दैछन् । नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुने छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउन नेपालले पपुवा न्यूगिनीलाई जित्नु पर्ने छ । नेपालले खेल जितेमा र अर्को खेलमा हङकङ हारेमा नेपालको एक दिवसीय हैसियत निश्चित हुनेछ । यदि नेपालसँगै हङकङ पनि विजयी भए नेपालले फेरि हङकङलाई पनि हराउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *