फलामे कोशेलीघरमा सिरुपाते खुकुरी र कट्टीको माग बढ्दो

khukuriचिसाङ्ग शेर्पा-असोज ११ खोटाङ्ग , सदरमुकाम आपसपासका ग्राहकबर्गमा लक्षितगरी फलामजन्य औजारका मागलाई जिल्लामै परीपुर्ती गर्ने उद्देश्यले खोटाङ्ग दलित उद्यमी सहकारी संस्था लिमिटेड द्वारा सञ्चालित एकमात्र फलामे कोसेली घरले भोजपुरे खुकुरीसहित दैनिक प्रयोग हुने दर्जनौ फलामे औजार प्रक्रियागत रुपमा बिक्री बितरण गरीरहेको जनाएको छ ।

गत साउन २ गतेवाट सदरमुकाम दिक्तेल नगरपालिका दुईस्थित त्रिबेणीचोकमा फलामे कोशेली घर सञ्चालन गरी स्थानिय स्तरमा निर्माण हुने र नेपालभरीनै चर्चामा रहेको भोजपुरे खुकुरी उपलब्ध गराउने जनाएको हो । नयाँ भोजपुरे खुकुरी तथा कृषि औजार निर्माण उद्योगले निर्माण सम्पन्न गरेको दुईसय थान खुकुरी आयत गरी जिल्लामा बिक्री गरिरहेको छ ।

सहकारी ऐन ०४८ बमोजिम स्थापित भएको फलामे कोशेली घरमा सिरुपाते खुकुरी,बुदुने खुकुरी,नाईन चक्कु,फ्रान्सेली खुकुरी,कट्टी,चुलेसी,कचिया,चिम्टा,कुटो,कोदालो लगायतका विभिन्न औजारहरु एकैठाउँमा पाईने सुविधा मिलाईएको कोशेलीघरका सञ्चालक उज्ज्वल सुयलले बताए ।

सिरुपाते खुकुरी र कट्टीको मात्र महिनामा १० देखी १५ वटासम्म क्रेताहरुको माग हुने गरेको छ । कालिगढ पेशा गर्नेहरुलाई प्रोत्साहन गराउने,निर्मित एकादुई फलामे औजार बिक्री गर्नलाई झन्झट नहुने,एकमुष्ट रुपमा कोशेलीघरले खरिद गरिदिने,गाउँघरमा कालिगढ सञ्चालन गरिरहेकालाई साना उधोगमा स्थापित गराउन कोसेलीघरले सहयोग गर्ने र बजारमा गएर फलामे औजारहरु खोज्नुपर्ने,मुल्य तथा बनावटमा चित्त नबुझ्ने साथै ग्राहकहरुको समय बचत गर्ने सञ्चालक सुयलले बताए । कोसेलीघरमा आयत भएका खुकुरीहरु प्रतिगोटा १५ सयदेखी ४ हजार रुपैयाँमा दुईतीनवटा दैनिक बिक्री हुने गरेको छ ।

स्थानिय स्तरमा पाईने पुराना तथा पुरातात्विक कुराहरु दिनानुदिन लोप हुंदै गईरहेको छ । ईतिहास तथा चिनारी दर्शाउने नेपालीहरुको पहिचान गुमनाम हुँदै जाँदा आफ्नो पेशा तथा चिनारीलाई सुरक्षित राख्नका निम्ती फलामे कोशेली घर सञ्चालनमा राखिएको खोटाङ्ग दलित उद्यमी सहकारी संस्थका अध्यक्ष मिलन परियारले जानकारी दिनुभयो ।

“यतिबेला हामी भोजपुरबाट खुकुरी खरिद गरेर आयत गर्ने गरेका छौ, यो परनिर्भर रहेको अवस्थालाई मध्यनजर राख्दै आगामी मंसिरदेखी जिल्लाकै विभिन्न गाविसमा निर्माण हुने फलामे औजार संकलन गरी वाहिरी जिल्लाबाट आयत बन्द गर्ने,अवाश्यक कच्चापदार्थ निर्यात गरी जिल्लाकै जनशक्तीलाई तालिम दिई भोजपुरे खुकुरी निर्माण गरिने सहकारी संस्थाका अध्यक्ष परियारले बताए ।

१७ सदस्यीय कमिटी रहेको उक्त संस्थाले सदरमुकाम हाटडाडाँमा छाला संकलन केन्द समेत सञ्चालन गरेको छ । शनिवार र बुधवार बधशालामा जम्मा हुने राँगाका संकलित छाला कच्चापदार्थ उत्पादनका लागी बिराटनगर निर्यात गरीरहेको खोटाङ्ग दलित उद्यमी सहकारी संस्थाले बताएको छ ।

खोटाङ्गलाई लठ्ठीले प्रसिद्द जिल्ला भनेर चिनिदा जिल्लामा लठ्ठीनै उत्पादन नभएको समयमा संघले सदरमुकाम आसपासका गाविसलाई फलामे औजारमा कमी हुन नदिने उद्देश्यले संस्थाको लगानीमा फलामे कोशेलीघर सञ्चालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *