फेसबुकमा समाचार पढ्न अब पैसा तिर्नु पर्ने

अमेरिकी मिडियाहरुका अनुसार फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको छ । यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ । यो सँगै एक निश्चित सीमा भन्दा धेरै समाचार तथा आलेख फेसबुकमा पढ्नका लागि पैसा तिर्नुपर्नेछ ।

अहिले समाचारको सबैभन्दा ठूलो माध्यम बनिसकेको फेसबुकप्रति समाचार प्रकाशक तथा मिडिया समूहहरुको गुनासो रहने गरेको छ कि उनीहरुका समाचार फेसबुकमा सित्तैमा शेयर हुँदा उनीहरुको आम्दानीमा भारी नोक्सान भइरहेको छ । द स्ट्रीट पत्रिकाका अनुसार फेसबुक एक पे वाल अर्थात् सशुल्क वालका बारेमा काम गरिरहेको छ ।

त्यसको मद्दतले अब जो सँग फेसबुकको सम्झौता हुन्छ उ मात्रैले त्यहाँ केही पोष्ट गर्न पाउनेछ । यो सर्भिस दुई वर्ष पहिले गुगलको एएमपीलाई टक्कर दिनका लागि सुरु गरिएको थियो । एएमी सर्भिस निश्चित मिडिया समूहका समाचारहरु मोबाइल ब्राउजिङका लागि अप्टिमाइज गर्ने गुगलको एक सर्भिस हो ।

न्युर्योकमा आयोजित डिजिटल प्रकाशन सम्मेलनमा बोल्ने फेसबुकको न्यूज पार्टनरसिपका प्रमुख क्याम्पबेल ब्राउनले भनेका छन्, ‘प्रकाशकहरुको यो समस्याप्रति फेसबुकले काम गरिरहेको छ ।’ तर ठ्याक्कै के काम गरिरहेको भन्ने चाहीँ उनले खुलाएनन् ।

मिडिया रिपोर्ट अनुसार आगामी अक्टोबरमा फेसबुकले यो फिचरको परीक्षण सुरु गर्नेछ । जस अनुसार फेसबुकमा सित्तैमा पढ्न पाइने स्टोरेजको संख्या १० सम्ममा सीमित गरिनेछ । १० भन्दा धेरै न्यूज स्टोरिज पढ्ने खोज्ने पाठकलाई फेसबुकले सम्बन्धित प्रकाशकको होमपेजमा पठाउनेछ र त्यहाँ पाठकले पढ्न चाहेको आलेख वा समाचार सब्सक्राइब गर्नुपर्नेछ ।

अनलाईन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *