बम आतंकित गर्ने दुइ जनालाई प्रहरीले पक्रीयो

असोज – ४ काठमाडौ , उपत्यकाका नौ निजी स्कुलमा मंगलबार बिहानै बम राखेर आतंकित पार्ने समूह माओवादी कमन्युष्ट केन्द्रका कार्यकर्ता रहेको थाहा भएको छ।bumb blast

यो समूहले राखेका सात बम सेनाको टोलीले निष्क्रिय पारेको छ। बाँकी दुई ठाउँमा कमसल खालका घरेलु बम बौद्धस्थित दुई स्कुलमा पड्केका थिए। बौद्धको आकाशदीप र मनकामना स्कुलमा सिलिण्डर बम पड्किएका थिए। यी घरेलु बमको बिष्फोटमा कुनै मानवीय क्षति भएको छैन।

बम राखेको अभियोगमा प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेका चन्द्रबहादुर तामाङ र शंकरबहादुर लाखेले आफूहरू माओवादी कम्युनिष्ट केन्द्र भन्ने पार्टीका भातृ संगठनका कार्यकर्ता भएको बताएका छन्।

सो पार्टीका भातृ संगठन योङ कम्युनिष्ट फोर्स र अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्रले विद्यालयहरुमा बम राखेको उनीहरुले स्वीकारेको प्रहरीले बताएको छ। पाक्राउमा परेका सो पार्टीका कार्यकर्ताले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता रहेको बताए पनि आयोगमा सूचिकृत पार्टीमा सो पार्टीको नाम छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *