बाँकेमा देजमोले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै चुनावी प्रचार तिब्र

बाँके ६ मंसिर- चुनावको क्रान्तिकारी उपयोग गर्ने भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव चिन्न मुठ्ठी लिएर निर्वाचनमा होमिएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले चुनावी प्रचारलाई तिब्र पारेको छ ।

देजमो बाँकेले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पहिलो चरणको निर्वाचनको प्रचार सम्पन्न गरेको छ । देजमो बाँकेले जिल्लाका दर्जनौ स्थानमा संसदीय व्यवस्थाको भण्डाफोरका साथै जनवादी क्रान्तिको तयारीका लागि मजबुत संगठन निर्माणको काम तिब्र गतिमा बढाएको जानकारी प्राप्त भएको छ ।

देजमो बाँकेका संयोजक तेजविक्रम शाहीका अनुसार व्यापक जनसहभागिता सहित जिल्लामा भण्डाफोर अभियान सम्पन्न भएको छ ।

भण्डाफोरका लागि आयोजित चुनावी सभालाई नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज भुपेन्द्र न्यौपानेले विशेष सम्बोधन गरेका थिए ।

संयोजक शाहीका अनुसार चुनावी सभालाई देजमोका उम्मेदवारहरूले समेत सम्बोधन गरेका छन । उक्त सभामा सयौंको सख्यामा जन सहभागिता रहेको थियो ।

क्षेत्र नम्बर तीनको बनकटुवामा कार्तिक २७ देखी सुरू गरीएको पहिलो चरणको चुनावी सभा आज फत्तेपुरमा पुगेर समापन भएको छ ।

देजमोले बानियाभार, चिसापानी, सिमलघारी, रिमझिम चोक, गणेशमानचोक, बाकेगाउँ, पुष्पलाल चोक लगायतका स्थानमा कोणसभा, मोटरसाईईल र्याली गरेको देजमो बाँकेले जनाएको छ ।

को को छन त बाँकेमा देजमोका उम्मेदवार ?

बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा देजमोले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूलाई अघि बढाएको छ । बाँकेको निर्वाचन क्षेत्र नम्बर एकमा प्रत्यक्षतर्फ ऋषीराम थारूले उम्मेदवारी दिएका छन । उनी माओवादी आन्दोलनबाट खारिएका नेता हुन । उनी हाल नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार समिति सदस्य समेत हुन ।

त्यसैगरी एक नम्बर क्षेत्रको क बाट नन्कु गोडीयाको उम्मेदवारी छ, उनी पार्टीको जिल्ला सदस्य हुन । त्यसैगरी ख बाट प्रेम ब थापाको उम्मेदवारी रहेको छ । उनी पार्टीको प्रदेश समिति सदस्य हुन ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर दुईमा प्रत्यक्षतर्फ मदनसिंह अधिकारीको उम्मेदवारी रहेको छ । अधिकारी पार्टीको प्रदेस सदस्य हुन ।

त्यसैगरी दुई नम्बर क्षेत्रको क बाट ठाकुर प्रसाद काफ्ले  ख बाट दिनेशकुमार श्रीवास्तवको उम्मेदवारी रहेको छ । उनीहरू दुबैजना पार्टीको जिल्ला सदस्य हुन् ।

निर्वाचन क्षेत्र नम्बर तीनमा मुकुन्दसिंह ओलीले उम्मेदवारी दिएका छन । उनी पार्टीको पुरानो नेता हुन, हाल प्रदेस सदस्यको जिम्मेवारीमा रहेका छन ।

त्यसैगरी प्रदेस सभाका लागि तीन नम्बर क्षेत्रको क बाट हरीराम थारू र ख बाट बुधेँ बुढाले उम्मेदवारी दिएका छन । उनीहरू दुबैजना पार्टीको जिल्ला सदस्य हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *