बाबुराम भट्टराई प्रचण्ड निवासमा

काठमाडौ- नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इ र नेतृ हिसिला यमि आइतवार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । आइतवार विहान १० बजे भएको भेटमा समसामायिक राजनीतिक बिषयमा छलफल भएको बताईएको छ ।

अहिलेको राजनीतिक घटनाक्रम र अब बन्ने नयाँ सरकारको विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । भट्टराई प्रचण्ड निवास पुग्नुलाई अब बन्ने सरकारमा भट्टराई पनि सहभागि हुन चाहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *