बाबुराम भाट्टराई धर्नामा

baburam bhattaraiअसोज १४ काठमाडौ , नयाँ शक्ति पाटी नेपालले ‘राष्ट्रघात र प्रतिगमनको खतरा’विरुद्ध शुक्रबार राजधानीमा धर्ना दिएको छ।

नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोध गर्दै भट्टराई नेतृत्वको नयाँ शक्ति पाटी नेपालले राजधानीमा धर्नाको कार्यक्रम गरेको हो।

प्रधानमन्त्री दाहाले भारत भ्रमणका क्रममा नेपाल-भारतबीच भएको २५ बुँदे सम्झौताका ७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै नयाँ शक्तिले ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको आरोप लगाएको छ।

‘यो राष्ट्रघात हो यसले स्वाभिमानी नेपालको शिर झुकाएको नयाँ शक्ति पाटीले आरोप लगाएको छ।

यसैबीच नयाँ शक्तिले इलाकालाई नै स्थानीय तह बनाउने तीन दलको सहमति पनि प्रतिगामी भएको ठहर गर्दै तत्काल सच्याउन माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *