बिन्दाबासिनी म्युजिक अवार्डको सर्वोउत्कृष्ट संगीतकारमा डिआर अटु(भोट गर्ने कोड र गीतको भिडियो सहित)

ईन्द्र जिजीबिषा, मंसिर १० काठमाडौ- पछिल्लो समयमा आएर, सांगीतिक दुनियाँमा धमाका मच्याई रहेका संगीतकार डिआर अटुको कम्पोज रहेको जब साँझ पर्दै गयो,मनमा व्याथा बढ्दै गयो, भन्ने बोलको गीत यो बर्षको बिन्दाबासिनी म्युजिक अवार्डको सर्वोउत्कृष्ट संगीतकारमा परेको छ । ईन्द्रजित लावती(पुर्बेली गाउले)को शब्द रचनामा मेलिना राईको स्वर रहेको उक्त गीत रहर एल्बममा रहेको र यो गीतलाई आज सम्म यु ट्युबमा ७,२६,९२९ पटक हेरिसकिएको छ ।

यो भन्दा अगाडि,हिट्स एफएममा गुडिजाने रेल बोलको गीतबाट हिट्स एफएम म्युजिक अवार्ड पाईसकेका संगीतकार डिआर अटुले आजसम्म १०० भन्दा बढि गीतमा संगीत भरीसकेका छन् ।

दक्षिण कोरियामा रहेका संगीतकार अटुको दिक्तेल बजार कान्छा दिक्तेल बजार, अर्काकी छोरीलाई नलाउ नजर भन्ने सुमी चाम्लिङ्ग र राजेश पायल राईको स्वर रहेको पुर्बेली लोकगीत अत्याधिक चर्चामा रहेको थियो ।

लोकगीत,आधुनीक,गजल सबै प्रकारको गीतको शब्दलाई संगीत भरेर लोकप्रिय,कर्णप्रिय बनाउन खप्पिस संगीतकार अटुको ‘जब साँझ पर्दै गयो,मनमा व्याथा बढ्दै गयो’ गीतमा बिन्दाबासिनी म्युजिक अवार्डमा भोट गर्नको लागि मोबाईलको मेसेज बक्समा गएर BMA 4B टाइप गरेर 33001 सेन्ड गर्नु पर्ने छ । भोटिङ्ग मंसिर २२ गते सम्म खुल्ला रहने छ ।

जब साँझ पर्दै गयो, मनमा व्याथा बढ्दै गयो गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *