बिराटनगर महानगरपालिका को मतगणनामा ढिलाइ

बिराटनगर १५ असार – दोश्रो चरणको स्थानीय तह अन्तर्गत प्रदेश नम्बर १ , ५ र ७ मा निवार्चन हुँदा प्रदेश नम्बर १ मा रहेको एक मात्र महानगरपालिका बिराटनगर महानगरपालिका को मतगणनामा ढिलाइ हुँदा त्यका राजनीतिक दलका कार्यकर्ता र स्थानीयबासीहरुको जिज्ञासा बढेको छ । दोस्रो चरणको चुनाव भएको एकमात्र महानगरपालिका बिराटनगरमा अहिलेसम्म मतगणना सुरु भएको छैन ।

वडा नं ७ को आर्दश स्कुलमा मतपेटिकाहरु राखिएका छन् ।मतगणनास्थल बाहिर महानगरबासि एवं दलका कार्यकर्ताहरुको घुइँचो लाग्न थालेको छ ।

मतगणना कुन वडाबाट कसरी सुरु गर्ने भन्नेबारे राजनीतिक दलहरु बीच सहमति हुन नसकेकोले , उक्त सर्वदलीय बैठक लम्बिएको कारण मतगणनामा ढिलाइ भएको हो । अब चाँडै गणना सुरु हुने जानकारी आयोगले गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *