बौद्धिक अपाङ्गता भएका बच्चाहरुको लागि नयाँ जीवन नेपाल

काठमाडौको जोरपाटीस्थित नयाँ जीवन नेपालको भवनमा पुग्दाखेरी डे केयरको हलमा केहि वालवालीकाहरु खेलिरहेका थिए । कोही उफ्री रहेका थिए,कोही बसिरहेका थिए त कोही आ-आफ्नै पारामा के-के गरिरहेका थिए । ५,६ बर्षका देखि १५ बर्ष सम्मका वालवालीकाहरु भएता पनि शारारिक, मानसिक र बौद्धिक अपाङ्गता भएको कारण शारारिक बनावट उमेर अनुसारको  कोही  कसैको  भएको  देखिन्दैन थियो ।

new life nepal
नया जीवन नेपालमा बौद्धिक अपाङ्गता भएका वालवच्चाहरु र साथमा शिक्षीका

केहि बच्चाहरु मुसुक्क मुस्कुराउदै कनिकुथी हामी संग कुरा गर्न खोज्दै थिए। कोही बच्चाहरु विभिन्न प्रकारका खेलौनाहरू संग खेलिरहेका थिए । ति वालवालीकाहरु मध्ये कसैको बाबा-आमा नभएका र कसैको बाबा-आमा भएर पनि बौद्धिक अपाङ्गता भएको कारण उचित हेरचाह, शिक्षा र पालन पोषणको लागि ल्याईएको रहेछ ।

त्यहाँ रहेका वालवालीकाहरुको डे केयर हल संगै अर्को पट्टि भान्सा कोठा रहेछ । साना-साना डाईनिङ्ग टेबलहरू भान्सा कोठामा राखिएको रहेछ । त्यहाँ बौद्धिक अपाङ्गता भएका वालवालीकाहरुलाई खाना खान सिकाईदो रहेछ । नयाँ जीवनको माथिल्लो तलामा सफा चिट्टिक्क तरीकाले बेडहरु मिलाएर त्यहाँ रहेका वालबच्चाहरु सुत्नका लागि ठाउँहरु बनाईएको रहेछ । दिनभरी डे केयर हलमा खेल्ने,उफ्रिने, केही कुराहरु सिक्ने गरेपछि रातमा त्यहाँ सुत्ने गर्दा रहेछन् वालवालीकाहरु । वालवालीकाहरुको हेरचाह गर्नलाई चारजना शिक्षीका (केयर गिभर)हरु रहेछन् । उहाहरुले ति बौद्धिक अपाङ्गता भएका वालवालीकाहरुलाई खाना खान,बोल्न, खेल्न,हिड्न,दिसा-पिसाब गर्न सिकाउनु हुदो रहेछ ।

naya jiwan nepal
नया जीवन नेपालमा बौद्धिक अपाङ्गता भएका वालवच्चाहरु र साथमा शिक्षीकाहरु

“बौद्धिक अपाङ्गता भएका वालवालीकाहरुको बौद्धिक विकास एकदमै ढिलो हुने भएकोले बाबा-आमा भईन्जेल सम्म त बौद्धिक अपाङ्गता भएका वालाबच्चाको हेरचाह गर्छन् । तर बाबा-आमाको मृत्यु पश्चात त्यस्ता वालवालीकाहरुको हेरचाह कस्ले गर्ने ? यसैले हरेक नागरीकले देशमा सम्मान पुर्वक बाँच्न पाउनु पर्छ भनेर नै हामीले यो नयाँ जीवन नेपालको शुरुवात गरेका हौँ ।” भनेर नयाँ जीवन नेपालका संस्थापक अध्यक्ष राजन खनालले बताउनु भयो ।

२०७१ साल श्रावन देखि संचालन गरिएको यो नयाँ जीवन नेपालमा अहिले ५ जना सामान्य वालवालीकाहरु र १५ जना बौद्धिक अपाङ्गता भएका वालवालीकाहरु रहेछन् । यो तिन वर्षको अन्तरालमा प्युठानको १५ वर्षीय सागर पोख्रेलको अवस्था पहिलाको भन्दा धेरै सुधारिएको रहेछ । नयाँ जीवन नेपालमा आउदा दिसा-पिसाब सम्म गर्न नसक्ने सागर अहिले भने एक जना बच्चालाई हेरचाह गर्न सक्ने भएका रहेछन् । उमेरले १५ वर्षका भएपनि उनको शारारिक वनावट भने हेर्दा ८,९ वर्षका जस्तै देखिन्थे ।naya jiwan

अहिले सम्म सरकार बाट केही सहयोग नपाए पनि आफ्नै तरीकाले नयाँ जीवन नेपाल संचालन गरिरहेकोमा नगर पालिकाले भने ६० हजार नगद र २० वटा ब्ल्याङ्केट सहयोग गरेको रहेछ । चलचित्र निर्माता तथा नायक नवल खड्काले पनि केही समय अगाडि नयाँ जीवन नेपालमा गएर केही सहयोग गरेका रहेछन् ।

नयाँ जीवन नेपालले नै नयाँ रोजगारीको सृजना पनि गरेको रहेछ । होटेल रेस्टुरेन्ट सम्बन्धि दक्ष कामदारलाई देशको विभिन्न ठाउँमा रोजगारीको अवसर पनि दिइने नयाँ जीवन नेपालका संचालक सदस्य रामबहादुर तामाङ्ग(राहुल) ले हामीलाई बताउनु भयो ।

राजन खनाल, धर्म थिङ्ग लामा र राम बहादुर तामाङ्ग(राहुल)ले संचालन गर्दै आएको नयाँ जीवन नेपाललाई,काठमाडौ जोरपाटीका अनुज श्रेष्ठ र समाजसेवी ब्यापारी केदार तिमिल्सेनाले नयाँ जीवन नेपाललाई आर्थिक तथा भौतिक सहयोग गरेर गुण लगाएको संचालक राजन खनालले बताउनु भयो ।

नयाँ जीवन नेपाल लाई सहयोग गर्न चाहनु हुनेले संस्थापक अध्यक्ष राजन खनालको फोन नम्बर ९८५१०३१५७३

प्रस्तुती: ईन्द्र जिजीबिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *