भक्तपुरमा पानीको लागी बोरिङ गरिँदा आगोको मुस्लो

भक्तपुर ५ वैशाख, भक्तपुरको सूर्यविनायक नगरपालिका १ सिरुटारस्थित खानेपानी ट्याङ्कीका लागि बोरिङ गरिँदा आगोको मुस्लो निस्केको छ । आज बिहान १०:३० बजेदेखि निस्केको आगोको मुस्लो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

काठमाडौँ, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर निरन्तर प्रयास गरेको आगो निभाउन सकिएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी टोली र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । पानी तान्ने उपकरणले १८० फिट गहिरोमा पाइप पठाएपछि आगो निस्केको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *