भक्तपुरमा सडक दुर्घटना, एकको मृत्यु

काठमाडौ ३१ असार- सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भक्तपुरको गठ्ठाघरमा शनिबार दिउसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने भने अर्का एक घाइते भएका छन् ।

सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुंगेश्वरी यातायातको बा ४ ख १९९१ बस र भक्तपुरतर्फ जाँदै गरेको बा ८५ प ९९२८ नम्बरको मोटर साईकल एकआपसका ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक अशिम श्रेष्ठको मृत्यु भएको छ भने पछाडि बसेकी इकु जोशी घाइते भएकी छिन् । उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *