भर्खरै विवाह बन्धनमा बाधिएकी नायिका निशा अधिकारी पुर्व प्रेमीको गाडिमा सरर, गाडि फिर्ता गर्न पुर्व प्रेमीको आग्रह

काठमाडौ २१ असार- खुशीको कुरा हो कि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको लामो प्रेम सम्बन्ध दाम्पत्य सम्बन्धमा परिणत भयो । तर, दुःखको कुरा छ कि, अर्कोसँग विवाह गरिसकेपछि गाडी फिर्ता गरिदिए हुन्थ्यो, भन्दै एकजना धनाढ्य अहिले आफ्नो सर्कलका साथीभाइसँग रोइलो गर्दै छन् ।

मुख्यतः घरजग्गा कारोबारी, बैंक सञ्चालक हुँदै सांसदसम्म भएका ती धनाढ्यले नायिका निशालाई कुनै बेला अपार्टमेन्ट दिएका थिए । तर, निशाको मन अन्तै मोडिदा अपार्टमेन्ट छाडिन, गाडी भने साथमै छ । ०७० सालमा दोस्रो संविधानसभा सदस्य मनोनीत भएपछि निशालाई ती व्यापारीले समय दिन छाडे । त्यसपछि गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छारो निरकसँग नजिकिइन । तर, निरकसँग पनि लामो मित्रता रहेन । जतिबेला सहाना बज्रचार्य र दावा स्टेभेन शेर्मा लिभिङ टुगेदरमा थिए, उनीहरुको सम्बन्ध टुट्नुअघि निशा मिल्ने साथी भइन् ।

स्रोतका अनुशार अहिले दावा र सहानाबीच सम्बन्ध राम्रो छैन । दावालाई पैसाको कुनै दुःख छैन । दावा हिजोआज नम्रता श्रेष्ठसँग नजिक छन् । उनी हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा । आङछिरिङका दुई श्रीमती । एउटा नेपाली र अर्को बेल्जियमकी । बेल्जियमकी आमाको नामबाट स्टेभेन जुराइएको हो । उनै निशाले गो गाडी फिर्ता नगरेपछि दावाले साथी सर्कलमा गुनासो गर्दै हिँडेको समाचार नेपाल आजले जनआस्था साप्ताहिकबाट साभार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *