भारतीय राजदुत पुरीले भने,‘राजनीतिक विषयमा राजदुतले टिप्पणी गर्न मिल्दैन्’

काठमाडौं १० जेठ- नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर रहेकोले आगामी दिनमापनि सम्बन्ध झनै मजबुद हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राजदुत पुरीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको बताउँदै आगामी दिनमा पनि सम्बन्धलाई थप मजबदुत बनाउँदै लैजानुपर्ने बताए । उनले भने,‘नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर छ, युगौंदेखि यो सम्बन्ध सुमधुर छ, सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक रुपमा पनि द्धिपक्षीय सम्बन्ध सुमधुर छ, आगमी दिनमा सम्बन्ध झनै बलियो र प्रगाढ हुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा राजदुत पुरीले भने,‘हामीवीच रोटी र बेटीको मात्रै सम्बन्ध छैन, आजको आधुनिक युगमा आर्मड फोर्सेसकावीचमा पनि हामीहरुवीच इन्टर्याक्सन भैरहेको छ।’ उनले नेपाल र भारतवीचपनि संयुक्त सैन्य अभ्यास भैरहेको बताए । राजदुत पुरीले हालै भारतमा मारिएका दुई जना गोरखा सैनिकको निधनमा दुःख व्यक्त गर्दै एक अर्कामा नेपाल र भारत सँधै सहयोगी बन्ने विश्वास दिलाए । उनले भने,‘हामी एक कठ्ठा छौं ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो विदेश भ्रमण नै नेपालमा गरेको उल्लेख गर्दै राजदुत पुरीले भने,‘हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा पहिलो ओभरसिज भिजिट नेपालमा गर्नुभयो, त्यसपछि नेपाल र भारतवीच द्धिपक्षीय उच्च भ्रमणहरु लगातार भैरहेका छन, यो अत्यन्तै राम्रो हो।’ उनले पछिल्लो ६ महिनामा नेपाल–भारतवीच ६ वटा उच्चस्तरीय भ्रमणहरु भएको बताए । उनले भने,‘यी भ्रमणहरुलेपनि जनाउँछन् कि नेपाल–भारत सम्बन्ध अत्यन्तै निकट र सुमधुर छ, यस्तो भिजिट विश्वमै कम हुन्छ।’

नेपालको विकासमा भारतको ठूलो सहयोग रहँदै आएको कुरा उल्लेख गर्दै उनले पछिल्लो समय भारतले नेपाललाई भुकम्पपछिको पूर्ननिर्माणमा दिने भनेर घोषणा गरेको एक विलियन युएस डलरमध्ये २५० मिलियन दिईसकेको र अब ७ सय ५० मिलियन डलर लाईन अफ क्रेडिटमा रहेको बताए । उनले भारतले नेपालमा रेल–वे लिंक, जलबिद्युत्त, रोड, कन्स्ट्रक्सन, कनेक्टिभीटी, ईन्ट्रिगेटेड चेकपोष्ट लगायतका ठूला–ठूला परियोजनाहरु सञ्चालन गरिरहेको समेत जानकारी दिए ।

त्यस्तै उनले नेपाल–भारतवीच जनस्तरमा पनि उतिकै प्रगाढ सम्बन्ध रहेको बताए । उनले भने,‘द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर गतिमा अघि बढेको छ, नेपालले पछिल्लो समय ७ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गरेको छ, यो भन्दा पनि अझै धेरै आर्थिक वृद्धि हुन्छ।’ आर्थिक वृद्धि भएपछि दिगो विकास हुने उनको भनाई थियो ।

राजदुत पुरीले नेपालमा विकासले गति लिएको आफूले समेत प्रत्यक्ष अनुभव गरेको सुनाए । उनले भने,‘नेपालमा विकास भएको छ, यतिका गाडीहरु र मोटरसाईकलहरु मैले देखें, यो पनि एउटा संकेत हो।’ उनले भारत नेपालको एक असल मित्रराष्ट्र, पार्टनर र शुभ चिन्तक भएको नाताले नेपालले सँधै स्थायित्व र समृद्धि हाँसिल गरोस् भन्ने चाहना रहेको स्पष्ट पारे ।

भारतले पनि उच्च आर्थिक वृद्धि हाँसिल गरेको सुनाउँदै राजदुत पुरीले भने,‘भारतले विश्वकै तिव्र आर्थिक वृद्धि हाँसिल गरेको छ, हामी चाहन्छौं हाम्रो आर्थिक वृद्धि अझै तेज गतिमा अघि बढोस्, नेपालको पनि आर्थिक वृद्धि भएको छ, यसलेपनि देखाउँछ कि अहिले यो जबरजस्त विन विन सिच्युएशन छ।

त्यस्तै राजदुत पुरीले प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि भारतले लुक ईस्ट पोलीसीलाई सार्पर फोकस गरेको जनाए । उनले भने,‘लुक एट ईण्डिया एज अ कोलोनाईजेशन, अभियस्ली  लुक ईस्ट ईज नट सफिसियन्ट, टाईम ईज एक्ट ईस्ट, तर हाम्रो लागि छिमेकी महत्वपूर्ण छ ।’ उनले भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाललाई विशेष महत्व दिएको विश्वास दिलाए ।

नेपालको चुनावलाई लिएर भारतको के छ प्रतिक्रिया भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले नेपालको राजनीतिक विषयमा आफूले कुनै पनि टिप्पणी नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘नेपालको राजनीतिक विषयमा राजदुतले टिप्पणी गर्न मिल्दैन, म यसमा कुनै पनि टिप्पणी गर्दिन् ।’

राजदुत पुरीले रिपोर्टर्स क्लबका सभापति धमलाले खेलेको भुमिकाको खुलेरे प्र्रशंसा गरेका थिए । उनले भने,‘क्लबले सबैलाई एक ठाउँमा उभ्याएको छ।’ उनले क्लबको हलमा उभिँदा आफूलाई गर्व महशुस भएको समेत सुनाए । उनले भने,‘क्लबको हलमा आज यति धेरै क्यामेराहरु देख्दा फिल्म स्टार आएकोजस्तो लाग्छ, तर म कुनै फिल्म स्टार होईन्, तपाई सबै मिडियाका साथीहरुको क्यामेराका रेड लाईट तेर्सिएका छन्, ऋषिजीलाई धेरै धेरै धन्यवाद ।’

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले राजदुत पुरीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए । उनले भने,‘नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर छ, यो सम्बन्धलाई अझै समुधुर र प्रगाढ बनाउनको लागि महामहिम राजदुतज्यूले ठूलो भूमिका खेल्नुहुनेछ, म व्यक्तिगत रुपमा नेपाल–भारत सम्बन्धलाई अब आर्थिक रुपमा बढि जोड दिनको लागि हार्दिक आग्रह गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *