भारतीय राष्ट्रपति आउदा सर्वसाधरणलाई सकस, सरकारले २१ तोपले सलामी दिएर, गर्यो राजकीय सम्मान

india presidentकार्तिक १७ काठमाडौं,भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतमा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १ घण्टा पछि खुलाइएको थियो । मुखर्जीको स्वगर्तार्थ राष्ट्रपति विद्यदेबी भण्डारी लगायत विशिष्ट व्याक्तीहरु विमानस्थल पुगेका थिए । राष्ट्रपतिको स्वागतार्थ २१ तोपको सलामी चढाइएको थियो ।

भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा ओर्लिनु अघि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । मुखर्जी विमानस्थलबाट बाहिरिएलगत्तै विमानस्थल खुलाइएको हो ।

मुखर्जीको आगमनलाई मध्यनजर गर्दै बन्द गरिएको उडान तथा अवतरण अहिले जारी रहे पनि करिब एक घण्टा सम्म विमानस्थलमा बाहिरिने र आउने यात्रुहरुले सास्ती बेहोर्नु परेको थियो । विमान्स्थाला देखि सिना मंगल, तिनकुने, बानेस्वर, माइतिघर सडक खण्डमा पैदल यात्रीहरुलाई समेत रोक लगाइएको थियो । अग्रिम जानकारी दिइएकोले कुनै पनि आन्तरीक तथा बाह्य उडानमा भने कुनै उडान डाइभर्ट भएन, तर विमानस्थलमा अवतरण भएका विमान भने, १ घण्टा सम्म रोकिएका थिए ।

भिभिआइपी र भिआइपीको सुरक्षाका लागि भन्दै सरकारले करिब एक घण्टा सम्म विमानस्थल पुरै बन्द गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *