भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका मोरङका बासुदेव साहको परिवारलाई १० लाख क्षतिपूर्ति

मोरङ १३ चैत्र, सरकारले भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका मोरङका बासुदेव साहको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । २०६७ सालको जेठ ११ गते मोरङको खयरवनामा भारतीय सुरक्षाकर्मी एसएसवीले हानेको गोलीले साहको ज्यान गएको थियो ।basudev shah

केहि दिन अगाडि भारतीय सिमा सुरक्षा बल एसएसबीको गोलि लागि मृत्यु भएको गोबिन्द गौतमको परिवारलाई तुरुन्तै शहिद घोषणा गरि क्षतिपूर्ति उपलब्ध गराएको सरकारले बासुदेब साहका परिवारलाई भने, घटना भएको ६ बर्षपछि मात्रै क्षतिपूर्ति दिन लागिएको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले साहको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति सोमबार उपलब्ध गराउने जनाईएको छ । २०६७ सालको जेठ ११ गते मोरङको खयरवनामा भारतीय सुरक्षाकर्मी एसएसवीले तस्करलाई पक्रन भन्दै नेपाली भूमिमा छिरेर भारतीय सुरक्षाकर्मीले गोली चलाएका थिए ।

१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भए पनि साहलाई शहीद घोषणा गर्नेबारे सरकारले निर्णय गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *