भारत संग ८० मेगावाट विद्युतको नयाँ सम्झौता

पौष ८ काठमाडौं, हिउद याममा नदीमा पानीको बहाब घटदा कम बिजुली उत्पादन हुने भएकोले, लोडसेडिंग हुने सम्भावनालाई ध्यानमा राख्दै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत संग ८० मेगावाट विजुली खरिद सम्झौतामा हस्ताक्षर गरेर काठमाडौ फर्किएका छन् ।

सम्झौताअनुसार मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइनमार्फत् नेपालले थप ८० मेगावाट विजुली प्राप्त गर्ने भएको छ । यसको लागि भारतले मुजफ्फरपुरमा १ सय एमबीएको ट्रान्सफर्मर थपेको छ ।

नयाँदिल्लीमा बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको एनभीभीएन विद्युत विकास निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गवीच हस्ताक्षर भएको हो ।

यो नयाँ सम्झौता भन्दा पनि पहिलेकै म्याद सकिन लागेकोले पहिलेकै पीपीएको निरन्तरता भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *