भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ : कांग्रेस

काठमाडौं, २५ असोज – नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिले १३ औं महाधिवेशन पछि केन्द्रिय नेताहरु गुट–उपगुट र भागबण्डाको राजनीतिमा रुमलिएको कारण सांगठनिक गतिविधि सुन्य भएको आरोप लगाएको छ ।

समितिले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएको हो । समितिले भनेको छ,‘पार्टीका केन्द्रिय नेताहरु गुट तथा उपगुट बनाउन र भागण्डाको राजनीतिमा रुमलिएको कारण सांगठनिक गतिविधि शुन्य भएको र संवेदनशील र राष्ट्रिय मुद्दामा कांग्रेसले अपेक्षा अनुरुपको भूमिका खेल्न सकेको छैन्।’

कार्य समितिका अध्यक्ष गोविन्द पुडासैनीले मुलुकमा राणा शासन, पञ्चायत, राजतन्त्रको अन्त्य, लोकतन्त्रको पूर्नस्थापनको लागि कांग्रेसले डटेर सामाना गरेको उल्लेख गर्दै अहिले बनेको एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति नेपालको वाम गठबन्धन बाट आफूहरु रति पनि नआँत्तिएको बताए ।

त्यस्तै उनले एउटै सिद्धान्त, मूल्य, मान्यता एवं आर्दश र मान्यताबाट प्रेरित नेपाली कांग्रेसका कार्यकर्तालाई एउटै नजरबाट हेरी स्थान, विशेष, भौगोलिक अवस्था एवं जातीय समिकरणलाई अवमुल्यन गरी आँफैले निर्धारण गरेको टिकट वितरणको मापदण्डलाई लत्याई आ–आफ्नो गुटको व्यक्तिलाई टिकट दिँदा विगतको निर्वाचनमा पनि पार्टीले हार व्यहोरेको गुनासो पोखे । उनले थपे,‘अबको निर्वाचनमा नेतामुखी नभई जनतामुखी र लोकप्रिय व्यक्तिलाई टिकट दिन र दिलाउन हाम्रो जोडदार माँग छ।’

समितिद्धारा जारी गरिएको विज्ञप्ती भनिएको छ,‘नेकपा एमालेको उग्रराष्ट्रवादको नाराले हिमाल, पहाड, तराईवीच सम्प्रदायिक द्धन्द्ध फैलाउन खोज्दा नेपालीकांग्रेस चुपलागेर बस्यौं, प्रतिवाद गर्न सकेनौं, अहिले उग्र वाम र उग्र दक्षिणपन्थी कम्युनिष्टहरुको मिलापलाई चटकी ठान्दछौं । नेपाली जनताको सामू नेपालीकांग्रेसले एउटा ठोस नारा लिएर जानु जरुरी छ। जसमा राणा शासन, पञ्चायती शासन र राजतन्त्रको विरुद्धमा लडी मुलुकलाई शान्तिप्रक्रियामा ल्याई लोकतान्त्रिक संविधान दिलाउने दललाई रोज्ने कि विदेशीको पिछलग्गु साम्यावादी विचारलाई रोज्ने र यसको उत्तर नेपाली जनतामा नै छ।’

त्यस्तै कार्यक्रममा धादिङ जिल्लाका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले वाम एकता देखि आफूहरु नडराएको स्पष्ट पारे । उनले भने,‘कांग्रेसले आफ्नो लक्ष्य र उधेश्यबाट विचलति हुनुहुँदैन, एक ढिक्का भएर अघि बढ्यो भने हामी धेरै राम्रो जित हाँसिल गर्न सक्छौं।’

काँस्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले पनि वर्तमान वाम गठबन्धन अप्राकृतिक रहेको आरोप लगाएकी थिइन् । उनले भनिन्,‘पहिले कम्युनिष्ट नेताहरु भारतीय रिमोर्टबाट चल्थे, अहिले युरोप, चीन र क्रिश्यिचनको डलरमा विक्रि भएका छन्, नेपालमा राष्ट्रपतीय शासनको अभ्यास गर्नको लागि वाम गठबन्धनको प्रयास भैरहेको छ।’

त्यस्तै समितिले कांग्रेसको विकल्प कांग्रेस नै हो भन्ने मान्यताका साथ नेपाली कांग्रेसका केन्द्रदेखि गाउँ सम्मका कार्यकर्तामा केन्द्रिय नेतृत्वको धुव्रीकरणको चिरा मेटाउन विगतको ईतिहाँसलाई सम्झी नेपाली कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरी पार्टी नेतृत्व एक भएको सन्देश दिई जनता माझ चुनावी नारा लिएर जान पनि माँग गरेको छ।
कार्यक्रममा कांग्रेस तनहुँका कोषाध्यक्ष एवम् राष्ट्रिय कोषाध्यक्षहरुको कोषाध्यक्ष रेशम गुरुङले विज्ञप्ती वाचन गरेकाथिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *