भिमफेदि गाईजको डान्समा रेशमी पर्दा

काठमाडौ २२ असार-सुरेन गौतम स्वरबद्ध रेशमी पर्दा सार्वजनिक भएको छ । सुनिल चित्रकार र प्रचिन व्याण्डको संयुक्त शब्द रचना रहेको यस गीतमा सुनिल चित्रकारकै संगीत रहेको छ ।

विशाल पौडेलको संगीत संयोजन रहेको गीत अर्टोम्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो । निकै उत्कृष्ट रहेको यस गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक संचारकर्मी रायन कार्कीले निर्देशन गरेका छन् ।

भिडियोमा चर्चित डान्स ग्रुप भिमफेदि गाईजको साथमा मोडल सोनाको अभिनयलाई देख्न सकिन्छ । प्रविण श्रेष्ठको सम्पादन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र श्रृष्टि थापा मगरको श्रृंगार रहेको छ ।

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *