भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग तीन अर्ब धरौटी माग

काठमाडौं १५ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग तीन अर्ब धरौटी माग गरेको छ।

आयोगले बिहीबारसम्म एक करोड भन्दा माथिका १ सय फाइल अध्ययन गर्दा उल्लेख्यमात्रामा कर छुट दिएको आधारमा उनीसँग तीन अर्ब रुपैँया धरौटी माग गरेको अख्तियारले जनाएको छ। आयोगले उनलाई पक्राउ गरी विशेष अदालत मार्फत म्याद थप गरेको छ। तीन अर्ब बुझाएमा शर्मा धरौटीमा रिहा हुने छन्।

कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत तथा सदस्य उमेश ढकाल र आयोगका सदस्यसचिव रहेका शर्मालाई छानबिनको दायरामा लिएको हो। अध्यक्ष र सदस्य फरार भए पनि शर्मालाई भने गत १८ जेठमा पक्राउ गरी बयान लिइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय लाजिम्पाटबाट शर्मालाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *