मंगलसेन नगरपालिकाका मेयरले गरे मदिरा बिक्री-वितरण व्यवस्थित गर्ने निर्णय

अछाम २१ असार –  अछाम जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिकाको मेयरमा निर्वाचित पदमबहादुर बोहोराले सपथ लिँदै पदभार सम्हालेका छन् ।

पदभार सम्हालेसगै पहिलो निर्णय गर्दै मेयर पदका बोहोराले नगरपालिकामा बिक्री-वितरण हुँदै आएको मदिरा व्यवस्थित गर्ने र अटेर गर्ने बिक्रेतालार्इ कारबाही गरिने निर्णय गरेका छन् । साथै, सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता पाउने सेवाग्राहीको सुविधाको लागि प्रत्येक वडाको टोल–टोलमै गएर वितरण गर्ने निर्णय पनि गरिएको छ ।

मंगलसेन नगरपालिकाले नगरवासीलार्इ सेवा दिन नागरिक उपभोक्ता सहुलियत कार्ड वितरण गर्ने भएको छ ।  त्यसका लागि नगरमा रहेका विपन्न सर्वसाधारणहरूको तथ्याङ्क संकलन गर्ने निर्णय गरिएको  नगरपालिकाका सूचना अधिकारी नरेश कठायतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *